राष्ट्रकवि घिमिरेका नाममा छात्रवृत्ति

राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार' घोषणा – नेपाल टेलिभिजन
काठमाडौं,भदौ १५ । राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा छात्रवृत्ति घोषणा गरिएको छ । मर्स्याङ्दी वाङ्‍मय प्रतिष्ठानले घिमिरेका नाममा छात्रवृत्ति घोषणा गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष डा. बमबहादुर थापा जितालीले लमजुङका विद्यार्थीलाई छात्रवृत्ति दिइने बताए । ‘‘प्रतिष्ठानका प्रमुख संरक्षक राष्ट्रकविका नाममा छात्रवृत्ति दिने निर्णय गरेका छौं,’’ जितालीले भने, ‘‘प्रत्येक वर्ष घिमिरेको जन्मजयन्तीका अवसर पारेर छात्रवृत्ति प्रदान गरिनेछ ।’’

प्रतिष्ठानले छात्रवृत्तिका लागि अक्षय कोष खडा गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव सुबोध गौतमले बताए । उनले घिमिरेका नाममा लमजुङका निम्‍नवर्गीय परिवारका जेहनदार विद्यार्थीलाई कापी कलम किन्‍ने व्यवस्था मिलाइएको बताए ।

SHARE THIS