वीरगन्जमा थप १४३ जनामा कोरोना संक्रमण

कोरोना भाइरसबारे फैलिएका २४ भ्रम र ...
वीरगन्ज,साउन २३। वीरगन्जमा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९आज० शुक्रबार १४३ जनामा कोरोना देखिएको हो ।

अस्पतालको अस्थायी कोभिड संयोजक डा। उदयनारायण सिंहका अनुसार १४३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सबैभन्दा जिल्ला प्रहरी कार्यालयका थुनुवा र कर्मचारीहरु छन् ।

त्यसैगरी, एक निजी अस्पतालका चिकित्सक, नर्ससहित  १५ जना संक्रमित भएका छन् । अन्य संक्रमितमा वीरगन्जका विभिन्‍न वडाका बासिन्दा रहेको उनले बताए ।

चारजना बारा र चारजना रौतहटका व्यक्तिसमेत संक्रमित रहेको अस्पतालले जनाएको छ ।

SHARE THIS