कोरोना संक्रमितलाई थप उपचारको लागी कोहलपुर पठाईयो

देउखुरी, १४ भदौ ।
देउखुरी कोरोना बिशेष उपचार आइशोलेसन सेन्टरमा भर्ना भएका एक जना कोरोना संक्रमितलाई थप उपचारको लागी जिल्ला बाहिर पठाइएको छ । आईसियू, भेन्टिलेटर लगायत अन्य उपचार सम्वन्धि सुविधा नभएपछी संक्रमितलाई थप उपचारको लागी जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । लक्षण देखिएका बिरामीको थप उपचार जिल्ला बाहिर हुदै आएको छ ।
सम्राट सिमेन्ट उद्योगमा कार्यरत भारतीय मजदुरलाई कोरोना देखिएपछी उपचारको लागी आइशोलेसनमा भर्ना गरिएको थियो । संक्रमितमा टाईफाईट, उच्च रक्तचापको समस्या बढेपछी थप उपचारको लागी कोहलपुर मेडिकल कलेजको कोभिड वार्डमा रेफर गरिएको कोरोना बिशेष आइशोलेसन सेन्टरका सदस्य सचिव डाक्टर पुष्प भुसालले जानकारी दिनुभयो ।‘सिटि स्क्यान सेवा यहाँ छैन् । मुटुको ईसिजी पनि गर्नुपर्छ । त्यही भएर उहाँलाई कोहलपुर पठाइएको हो’डाक्टर भुसालले भन्नुभयो–‘लक्षण देखिएका बिरामी पनि हामी कहाँ हुनुहुन्छ । तर, थप उपचार चाहिने बिरामीलाई सुविधा भएको ठाउँमा पठाउदै आएका छौं ।’
अहिले आइशोलेसनमा ८ जनाको उपचार चलिरहेको छ । अहिले सम्म एक सय १० जना उपचारपछी घर फर्किएका छन् । दुई जनालाई थप उपचारको लागी अनेत्र पठाउनु परेको छ ।।

SHARE THIS