धारिलो हतियार प्रहारबाट काठमाडौंमा एकको हत्या

रौतहटमा धारिलो हतियार प्रहार गरी ...
काठमाडौं, साउन ३१ । काठमाडौंको गोंगबु नयाँ बसपार्क नजिकै मनमैजुमा एक जनाको हत्या भएको छ।

शुक्रबार राति करिब साढे ८ बजे नयाँ बसपार्कस्थित पुल नजिकैको एक खाजा घरमा विवाद हुँदा दोर्जे शेर्पा समूहले धारिलो हतियारले नुवाकोटका लक्ष्मण तामाङलाई प्रहार गरेका थिए।

गम्भीर घाइते लक्ष्मणको उपचारका लागि ग्रीनसिटी अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो। उपचारका क्रममा लक्ष्मणको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

‘धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते भएका लक्ष्मण तामाङको मृत्यु भयो। हतियार प्रयोग गर्ने समूहको खोजि जारी छ,’ उनले भने। घटनामा संलग्न रहेका अहिलेसम्म कोहि पनि पक्राउ परेका छैनन्।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने उनले जानकारी दिए।

SHARE THIS