दाङका दुई पालिका कोरोना संक्रमण मुक्त

Places to visit in Dang District of Nepal by Guest Editor ...
दाङ, भदौ ५ । दाङका दुई पालिका कोरोना संक्रमण मुक्त भएका छन् । सुरुका दिनमा तिब्र कोरोना संक्रमित देखिएको बंगलाचुली गाउँँपालिका अहिले भने कोरोना संक्रमण मुक्त भएको छ । यस पालिकामा १६० जना संक्रमित देखिएका थिए । जसमा १६० जना नै निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम संक्रमित देखिएको दंगीशरण गाउँपालिकामा पनि कोरोना मुक्त भएको छ । जसमा अहिलेसम्म ५ जना संक्रमित देखिएकोमा सबै जना निको भएर घर फर्किसकेका छन् ।

यि दुई पालिका संक्रमण मुक्त भएपनि ८ पालिकामा भने अहिले पनि संक्रमित देखिने क्रम रोकिएको छैन । सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा १२ जना संक्रय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ । तुलसीपुरमा अहिलेसम्म जम्मा ७८ जना संक्रमित फेला परेका छन् । जसमा ६६ जना निको भएर घर फर्किसकेका छन् । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा २७३ जना संक्रमित फेला परेकोमा अहिलसम्म २६९ जना निको भएर छन् भने अब दुई जना मात्र आइसोलेसनमा उपचाररत रहेका छन् । घोराहीमा नै दुई संक्रमितको मृत्यु समेत भएको छ ।

लमही नगरपालिकामा ३५ जना संक्रमित फेला परेकोमा अब ६ जना मात्र डिस्चार्ज हुन बाँकी रहेका छन् । २९ जना निको भएर घर फर्किसकेका छन् । यस्तै बबई गाउँपालिकामा ३२ जनामा संक्रमण देखिएकोमा २५ जना डिस्चार्ज भइसकेका छन् भने ७ जना उपचाररत छन् । शान्तिनगरमा २४ जना संक्रमित फेला परेकोमा १९ जना निको भएर घर फर्किएका छन् भने ५ जना उपचाररत छन् । राप्तीमा ३४ जना संक्रमित फेला परेकोमा ३२ जना निको भएका छन् । यस्तै गढवामा ४५ जना संक्रमित फेला परेका थिए । जसमा ४३ जना निको भएका छन् भन २ जना उपचाररत छन् । राजपुरमा पनि दुई जना डिस्चार्ज हुन बाँकी रहेका छन् । यस पालिकामा २१ जना संक्रमित फेला परेका थिए । अन्य ठेगाना नखुलेका ४ जना पनि डिस्चार्ज भएको फोकल पर्सन चन्दले जानकारी दिनुभएको छ ।

दाङमा अहिलेसम्म ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७१ जना निको भएर घर फर्किसकेका छन् । अब ३८ जना मात्र विभिन्न आइसोलेसन अस्पतालमा उपचाररत रहेका छन् । संक्रमित मध्ये केही स्वास्थ्य कर्मी र सुरक्षा कर्मी बाहेक अधिकांश भारतबाट र तेस्रो मुलुकबाट आए हुन । जिल्लामा अहिलेसम्म समुदाय स्तरमा कोरोना देखिएको छैन । पालिकाहरुले समुदाय स्तरमा कोरोना परिक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । तुलसीपुर, घोराही र बबईले आफैले समुदाय स्तरमा कोरोना परिक्षण गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालयले पनि समुदाय स्तरमा कोरोना परिक्षण गरेमा कोरोना रिपोर्ट पोजेटिभ आएको थिएन ।

SHARE THIS