लमहीमा समुदाय स्तरमै स्वाव संकलनको दायरा बढाईयो


शिवु खनाल/
दाङ,भदौ १५  ।
दाङको लमहीमा समुदाय स्तरमा कोरोना संक्रमित खोज्न स्वाव संकलनको दायरा बढाईएको छ । दाङमा तेस्रो चरणमा समुदाय स्तरमा कोरोना संक्रमित खोज्न स्वाव संकलन र परिक्षण कार्यले तिब्रता पाएको हो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका राप्ती गाउँपालिका, गढवा गाउँपालिका लगायतका क्षेत्रमा समुदाय स्तरमा संक्रमित भेटिएपछी कोरोना परिक्षणको दायरा बढार्इएको छ ।

आईतबार मध्यरातिदेखि दाङमा एक हप्ताको लागि लकडाउन गरिएको छ । यो अवधिमा समुदाय स्तरमा कोरोना संक्रमित खोज्न पिसिआर जाँचलाइ व्यापक बनाउने निर्णय जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले समेत निर्णय गरेको छ ।

लमही नगरपालिकाले समुदाय स्तरमा कोरोना संक्रमित खोज्न तेस्रो चरणमा परिक्षण गर्न सुरु गरेको स्वास्थ्य शाखा संयोजक लोकराज पौडेलले बताए । हामी समुदाय स्तरमा कोरोना छ कि छैन भनेर पत्ता लगाउने अभियानमा छौं । बैंक, वित्तीय संस्था, कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, क्वारेन्टाइनमा बसेकाहरुको स्वाव परिक्षण गरिरहेका छौं उनले भने हिलेसम्म हाम्रो पालिका भित्र समुदाय स्तरमा कोरोना देखिएको छैन । परिक्षणको दायरा बढाईएको छ ।


सोमबार वडा अध्यक्षहरुले समेत स्वाव दिएका छन । जनता संग प्रत्येक्ष सरोकार राख्ने भएकाले वडा अध्यक्षकोहरुको पनि स्वाव संकलन गरिएको नगर प्रमुख कुलबहादुर केसीले बताए । सोमबार ६५ जनाको स्वाव संकलन गरिएको छ ।यस अघि पहिलो र दोस्रो चरणगरी ७० जनाको नमुना संकलन गरिएको थियो । संकलन गरिएको नमुनालाई परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ ।शिवु खनाल/दाङ,भदौ १५  ।
दाङको लमहीमा समुदाय स्तरमा कोरोना संक्रमित खोज्न स्वाव संकलनको दायरा बढाईएको छ । दाङमा तेस्रो चरणमा समुदाय स्तरमा कोरोना संक्रमित खोज्न स्वाव संकलन र परिक्षण कार्यले तिब्रता पाएको हो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका राप्ती गाउँपालिका, गढवा गाउँपालिका लगायतका क्षेत्रमा समुदाय स्तरमा संक्रमित भेटिएपछी कोरोना परिक्षणको दायरा बढार्इएको छ ।


आईतबार मध्यरातिदेखि दाङमा एक हप्ताको लागि लकडाउन गरिएको छ । यो अवधिमा समुदाय स्तरमा कोरोना संक्रमित खोज्न पिसिआर जाँचलाइ व्यापक बनाउने निर्णय जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले समेत निर्णय गरेको छ ।

लमही नगरपालिकाले समुदाय स्तरमा कोरोना संक्रमित खोज्न तेस्रो चरणमा परिक्षण गर्न सुरु गरेको स्वास्थ्य शाखा संयोजक लोकराज पौडेलले बताए । हामी समुदाय स्तरमा कोरोना छ कि छैन भनेर पत्ता लगाउने अभियानमा छौं । बैंक, वित्तीय संस्था, कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, क्वारेन्टाइनमा बसेकाहरुको स्वाव परिक्षण गरिरहेका छौं उनले भने हिलेसम्म हाम्रो पालिका भित्र समुदाय स्तरमा कोरोना देखिएको छैन । परिक्षणको दायरा बढाईएको छ ।


सोमबार वडा अध्यक्षहरुले समेत स्वाव दिएका छन । जनता संग प्रत्येक्ष सरोकार राख्ने भएकाले वडा अध्यक्षकोहरुको पनि स्वाव संकलन गरिएको नगर प्रमुख कुलबहादुर केसीले बताए । सोमबार ६५ जनाको स्वाव संकलन गरिएको छ ।यस अघि पहिलो र दोस्रो चरणगरी ७० जनाको नमुना संकलन गरिएको थियो । संकलन गरिएको नमुनालाई परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ ।

SHARE THIS