२९ वर्षीय युवकको कोरोनाबाट मृत्यु

पाटन अस्पतालमा २९ वर्षीय युवकको कोरोनाबाट मृत्यु

काठमाडौं, भदौ १४ । ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन ।

SHARE THIS