दाङमा थप ३ जनामा कोरोना पुष्टि

पिपिई माग्ने स्वास्थ्यकर्मीलाई ...

दाङ, भदौ ९ । आज दाङमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा एक महिलासहित ३ जनामा कोरोना पुष्टि भएको हो ।

जसअनुसार राप्ति गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीया एक महिला र ३० वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार अर्का वडा नम्बर ४ का ३२ वर्षका एक पुरुषमा रहेका छन् । आज प्रतिष्ठानमा ११५ वटा नमुना परिक्षण गर्दा ३ जनामा कोरोना देखिएको हो ।

SHARE THIS