आज दाङमा ११ जनामा कोरोना पुष्टि, जिल्लामा कुल संक्रमितको संख्या ७०१

 कोरोना जितेर घर फर्किनेको संख्या १६ ...
दाङ, साउन ३१। दाङमा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । आज दाङका ११ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कुल संक्रमितको संख्या ७०१ पुगको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १० जनामा र स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा १ जना गरी आज दाङका कुल ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

आज कोरोना पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिकाका दुई महिलासहित ९ जनामा रहेका छन् भने घोराही उपमहानगरपालिका वडा नम्बर १५ का एक पुरुष रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । स्टार अस्पतालमा कोरोना पुष्टि भएकाको भने ठेगाना खुलाइएको छैन ।

दाङमा कुल ७०१ जना संक्रमित मध्य ६६३ जना निको भएर घर फर्किएका छन् । ३८ जनाको भने विभिन्न आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ । एक महिला एक पुरुष गरी जिल्लामा दुई जनाको भने मृत्यु भएको छ ।

SHARE THIS