मनोज ज्ञवाली नबिल बैंकको डीजीएम

मनोज ज्ञवाली नबिल बैंकको डीजीएम
काठमाडौं,साउन २१ । नबिल बैंकले मनोज ज्ञवालीलाई  डेपुटी जनरल म्यानेजर ९डिजीएम० को रुपमा भित्र्याएको छ । केही समय अगाडि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका ज्ञवाली नबिल बैंकमा डेपुटी जनरल म्यानेजरका रुपमा भित्रिएका हुन् । उनले आजैबाट कार्यभार सम्हालेका छन् ।

नबिल बैंकले पछिल्लो समय अन्य बैंकबाट उच्च व्यवस्थापनमा कर्मचारी ल्याइरहेको छ । चार्टर्ड एकाउन्टेनसमेत रहेका ज्ञवालीले बैंकमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी सम्हाल्नेछन् । 

SHARE THIS