मास्क नलगाउनेलाई कारबाही गरेर सल्यानमा १ लाख २७ हजार संकलन

N95 Mask Images, Stock Photos & Vectors | Shutterstock
तुलसीपुर, २१ साउन । जिल्ला प्रहरीकार्यालय सल्यानले मास्क नलगाउनेलाई कारबाही गरेर एक लाख बढी आर्थिक संकलन गरेको छ । १२ सय ७० जनलाई कारबाही गरेर एक लाख २७ हजार हजार आर्थिक संकलन गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख  ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

गएको असार २७ गतेदेखि घरबाहिर निस्कीदा मास्क नलगाउनेलाई कारबाही गर्दै आएको प्रहरीले प्रत्ति व्यक्ति एक सय रुपैयाँ जरीना गर्ने गरेको छ ।

 १. लुहाम बजार १ जना कारवाही रु १००    । राजश्व दाखीला ।

२. थारमारे बजार २ जना कारवाही रु २००। राजश्व दाखिला ।

३. रिम बजार १जना कारवाही रु १००। राजश्व दाखिला ।

४. खलंगा बजार २० जना कारवाही रु २,०००। राजश्व दाखिला ।

५. श्रीनगर बजार १० जना कारवाही रु १,०००। राजश्च दाखिला ।

६. बनगार बजार ३ जना कारवाही रु ३,००। राजश्व दाखिला ।

७. कालिमाटी बजार ७ जना  कारवाही रु ७००। राजश्च दाखिला ।

८. कपुरकोट बजार ४ जना कारवाही रु ४००। राजश्व दाखिला ।

९. सिमाखोली बजार २० जना कारवाही रु २,०००। राजश्व दाखिला ।

१०. काभ्रा बजार ५ जना कारवाही रु ५००। राजश्व दाखिला ।

११. सल्लिबजार १३ जना कारवाही रु १३००। राजश्व दाखिला ।

आजको जम्मा कारवाही संख्या ८६ जना,राजश्व दाखिला ८,६००।

नोट ः आज सम्मको जम्मा १२७० जना राजश्व दाखिला १,२७,००० ।

SHARE THIS