चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन मूल्य भने तोलामा ९ सयले सस्तियो

जमीनमुनी सुन र चाँदी भेटियो | दर्पण ...
दाङ, साउन २५ । चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा तोलामै ९ सय रुपैयाँले सस्तिएको छ । गत शुक्रबार प्रतितोला एक लाख तीन हजार पाँच सय कारोबार मूल्य तोकिएको सुनको भाउ आईतबार एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको हो ।
No description available.
झण्डै दुई सातादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आईतबार समान्य गिरावट आएको हो । आइतबारका लागि महासंघको तेजावी सुनको भाउ १ लाख २ हजार एक सय रुपैयाँ तोकेको छ भने चाँदीको भाउ पाँच रुपैयाँ प्रतितोलामा बढेर १४ सय १० रुपैयाँ पुगेको छ ।
No description available.
गत शुक्रबार हालसम्मकै उच्च मूल्य १४ सय ५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो । चाँदीको आइतबारका लागि तोकिएको मूल्य पनि हालसम्मकै सबै भन्दा उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटका कारण भाउ घटेको महासंघको भनाइ छ ।
No description available.

SHARE THIS