धनुषामा मृत्यु भएका युवकमा कोरोना ...

राजविराज, भदौ ४ । धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं। ४ का २८ वर्षीय युवक हुन् ।

ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो ।

ती युवकको शव राजविराज ल्याइएपछि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बुधबार राति कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीमा यी युवकसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि राजविराज नगरपालिका वडा नम्बर ६ का दुई जना र रुपनी गाउँपालिका ५ का एक जना पुरुषको मृत्यु भएको थियो ।
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment: