उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय

लहानमा निषेधाज्ञा जारी
काठमाडौं,भदौ १० । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ ।
काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको आज बसेको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यकबाहेक सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरिएको बताए । यसअघि भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा आज मध्यराति सकिँदै छ ।

हिजो मात्रै कोरोना संक्रमितको दर बढिरहेको भन्दै उपत्यकाका जनप्रतिनिधिहरुले निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।

जिल्ला सुरक्षा समितिलाई संक्रामक रोग ऐन-२०२० को दफा २ र स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ ९३० अनुसार निर्णय निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

SHARE THIS