स्वावलम्बन लघुवित्तद्वारा थप १ करोड ३२ लाख रुपैयाँ सहयोग

स्वावलम्बन लघुवित्तद्वारा थप १ करोड ३२ लाख रुपैयाँ सहयोग
काठमाडौं,भदौ १ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप १ करोड ३२ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको जनाएको छ ।

संस्थाले यस अघि २५ लाख रुपैयाँ सहयोग गरेको थियो । यसैगरी, सातवटै प्रदेशमा रहेका शाखारउपशाखा कार्यालयमार्फत १५० वटा स्थानीय निकायलाई १० लाख आर्थिक सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ । वित्तीय संस्थाले कोभिड-१९ कारण समस्यामा परेका विपन्‍न ग्राहक सदस्यलाई विभिन्‍न शाखा कार्यालयमार्फत राहत सामग्री खाद्यान्‍नसमेत वितरण गरेको जनाएको छ ।


नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तसम्म बाँकी रहेको रकम थप सहयोग स्वरुप कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार कोषमा जम्मा गरेको हो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका १४० शाखा कार्यालयमार्फत दुई लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्‍न गैरवित्तीय, दक्षता अभिवृद्धिलगायत सेवा प्रदान गर्दै आएको प्रबन्धक राजेन्द्र धितालले जनाएका छन् ।

SHARE THIS