सांसद गंगा चाैधरीद्वारा राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान


ओमप्रकाश गुप्ता,
सिसहनियाँ भदौ १४ । प्रतिनिधि सभा सदस्य तथा सांसद गंगा चौधरी सत्गौवाले राप्ती गाउँपालिकालाई आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् । देउखुरी कोरोना विषेश आइसोलेनमा रहेका कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई लक्षित गरी आइतवार गाउँपालिको कार्यालयमा पुगी सांसद चौधरीले ९ सेट पिपिई, ३ थान सेनिटाइजर, २५ थान मास्क र १ थान थर्मलगन प्रदान गरेकी हुन् ।


सांसद चौधरीले सो स्वास्थ्य सामाग्री राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेकी छिन् । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सांसद चौधरीले आगामी दिनमा थप कोभिड १९ बाट बच्न र बचाउन प्रयोग हुने स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताएकी छिन् ।

स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष सुवेदीले महामारीका बेला आफ्नो ज्यानलाई जोखिममा राखेर रातदिन खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिएका छन् ।

SHARE THIS