चन्दा उठाउँदै गर्दा सल्यानमा विप्लवका कार्यकर्ता पक्राउ

विप्लव समूहका जिल्ला कमिटी सदस्य पक्राउ – Himalitimes

दाङ, भदौ १६ । चन्दा उठाउँदै गरेको अवस्थामा विप्लव समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको सल्यान प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका युवा संगठनका जिल्ला सदस्य प्रकाश गिरी र गोरख केसी रहेको सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट २३ हजार ३ सय ३० रुपैयाँ नेपाली, एक हजारको भारतीय रुपैयाँ सहित रा ४ प ६९३८ नम्बरको मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा गएको प्रहरी टोलीले सल्यानको मौलाहाल्ने बजारका दुई व्यपारीसंग १५ हजार रुपैयाँ चन्दा संकलन गरेको अवस्थामा रंगेहात पक्राउ गरेको प्रहरी प्रमुख खतिवडाले जानकारी दिए ।


SHARE THIS