तुलसीपुरमा गत आर्थिक वर्षमा ३९ योजना सम्पन्न हुन सकेनन्

NK | राहत वितरणलाई श्रमसँग जोड्दै ...
दाङ,साउन २८। तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा पाँच प्रतिशत योजना सम्पन्न गर्न नसकेको जनाएको छ । नगरमा आर्थिक वर्ष २०७६/२०७७ मा विभिन्न खालका ७ सय ३० योजनामा ३९ योजना आर्थिक वर्षमा सम्पन्न हुन नसकेको हो । । उपमहानगरपालिकाले ६ सय ९१ योजना सम्पन्न गरिएको उपमहानगरले जनाएको छ ।

असारमा मात्रै विकास गर्ने अवधारणालाई परिवर्तन गरेर तुलसीपुरले गत आर्थिक वर्षबाट प्राथमिकता निर्धारण गरेर योजना अगाडि बढाएका कारण समयमै योजना सम्पन्न गर्न सकिएको नगर प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले सम्पन्न गरेको योजनाहरूमा सिंचाइतर्फ १ सय ३९, खानेपानीतर्फ ६१, भवनका १ सय ९९, अन्य कार्यक्रमतर्फ १ सय ६७ योजनाहरू रहेका छन् ।

यसैगरी संघीय सरकार विशेष अनुदान अन्तर्गत ४ वटामा ३ योजना, प्रदेश समपूरक अनुदानमा २ वटामा १ जना, प्रदेश सशर्त अनुदान १२ वटामा ११ वटा सम्पन्न भएका छन् ।

प्रदेश विशेष अनुदान २ वटामा २ वटा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत २ वटा योजना, तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ४ वटा योजनामा ३ वटा योजना, गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३ वटा योजनामा ३ वटा सम्पन्न भएको छन् ।

SHARE THIS