दाङमा मास्क नलगाई हिड्ने ६८ जनाले तिरे जरिवाना

Nepal to imprison, fine people writing on currency notes
दाङ,भदौ १४ । दाङमा शनिबार मास्क नलगाई हिड्ने ६८ जनालाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुलाई एक/एकसय रुपैया जरिवाना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनालाई वेवास्ता गरी मास्क नलगाई बजारमा हिडडुल गर्ने ६१ पुरुष र ७ जना महिलालाइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

साथै जिल्ला प्रहरी कार्यालय दाङले कोरोना भाईरस ९ कोभिड १९ ० को संक्रमण रोक्न गरिएको लकडाउनको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ ।

SHARE THIS