बाढिले पानी मिल सहित किराना पसल बगाउदा लाखौँको क्षति

Map of Nepal : District Map of Rolpa
दाङ, भदौ ६ । रोल्पामा बाढिले पानी मिल सहित किराना पसल बगाउदा लाखौँ मुल्य बराबरको क्षति भएको छ ।

केहि दिन अघि परेको अविरल बर्षात कारण जिल्लाको त्रिबेणी गाउँपालिका ५ नया बस्ति बस्ने खिमलाल बुढाको कुटानी,पिसानी,तेल पेल्ने दिर्घायु पानी मिल बगाउँदा दश लाख मुल्य बराबरको क्षति भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्थानिय चौकी खोलामा आएको बाढीले मिल बगाएको हो । यस्तैगरी थवाङ गाउँपालिका ३ सिलवाङ स्थित ओम बहादुर बुढाको किराना पसल पहिराले पुर्दा ७० हजार मुल्य बराबरको क्षति भएको प्रदेश पाँचका प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदावारले जानकारी दिएका छन् ।


प्रहरीले दिएको विवरण अनुसार रोल्पाका विभिन्न स्थानमा पहिरोले घर बगाएको छ । रोल्पा नगरपालिका ८ नम्ली स्थितमा उपस्वास्थ्य चौकीको ३ कोठे भवन, सोहि ठाउँको सुनौलो आमा समुहको २ कोठे १ तले कच्ची भवन, सोहि समुह मार्फत सन्चालित मिलमा पहिरोका कारण पुर्ण रुपमा क्षति भएको छ ।

साथै सोहि ठाउँका रुपा वलीको २ तले फुसले छाएको ३ कोठे कच्चि घर भत्किएको प्रहरीले बताएको छ । भवन, मिल र घर भत्किदा झन्डै दश लाख बराबरको क्षति भएको छ ।

SHARE THIS