दाङमा आईतबार मास्क नलगाउनेले तिरे २९ सय जरिवाना

मास्क नलगाई हिँड्ने ४ लाख २० हजार प्रहरीको कारबाहीमा
हेमराज परिवर्तन/
घोराही,भदौ १५ । आईतबार दाङमा मास्क नलगाई हिड्ने २९ जनालाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुलाई एक/एक सय रुपैया जरिवाना गरेको हो ।उनीहरुलाई कारवाही गरी जरिवाना नगद रु २९ सय संकलन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनालाई वेवास्ता गरी मास्क नलगाई बजारमा हिडडुल गर्ने २१ पुरुष र ८जना महिलालाइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवम प्रवक्रा तथा सुचना अधिकृत सुमित खड्काले जानकारी दिनुभयो।

साथै जिल्ला प्रहरी कार्यालय दाङले आईतबार राति बाह्र बजे देखि लागु भएको लकडाउन पुर्ण रुपमा पालना गर्न सम्पुर्ण दङगाली वासि सबैमा आग्रह गरेको छ ।

SHARE THIS