लायन्स क्लब अफ दाङको भवन निर्माण हुदै


शरद रेग्मी,
तुलसीपुर,२८ साउन।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को गाईडरमा लायन्स क्लब अफ दाङको
स्वामित्वमा रहेको जग्गामा भवन निर्माण हुने भएको छ ।
करिब दुई बिगाह जग्गामा डेण्टल अस्पताल स्थापना गर्ने निर्णय यस अघिनै
भएको र हाल अफिस कोठा र हल कोठा निर्माण गरेर काम सुरु गर्न लागेको
लायन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमालले जानकारि दिनुभयो ।
बुधबार स्थलगति निरिक्षणमा पुगेका प्रतिनिधि सभाका माननिय सासद हिरा
चन्द्र केसिले आफुले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्दता ब्यक्त
गर्नुभयो ।
लायन्स क्लब अफ दाङका पुर्ब अध्यक्ष समेत रहनुभएको सासद केसिले पश्चिम
दागको बिकाशमा क्लबको अस्पतालले महत्वपुर्ण भुमिका सहित धेरै भन्दा धेरै
जनताहरुलाई सेवा प्रदान गर्ने भन्दै यो निर्माणको काममा स्थानिय
सरकार,प्रदेश सरकार र सघिय सरकारको तर्फबाट समेत सहयोग प्राप्त हुनुपर्ने
बताउनुभयो ।
लायन्स क्लबका निबर्तमान अध्यक्ष एव एरिया नम्बर ५ का कोषाध्यक्ष
यज्ञबहादुर केसि भवन निर्माण समितिको सयोजक रहनुभएको छ ।
लायन्स क्लबको नाममा करिब दुई बिगाह क्षेत्रफल रहेको जग्गामा मास्टर
प्लान्ट सहित अन्य आबश्यक भबनहरु थपिदै जाने सयोजक केसिले जानकारि
दिनुभयो ।
शुक्रबार एक कार्यक्रमका बिच भबन निर्माणको काम सुरु हुने जानकारि प्राप्त भएको छ ।
यसैबिच सासद केसिले बिहिबार तुलसीपुरमा पतन्जलि योग समितिले निर्माण सुरु
गरेको योगा हलको समेत निरिक्षण गर्नुभएको छ ।


SHARE THIS