आफन्तकोमा जान हिडेका खनाल नेत्रलाल पार्कको जंगलमा मृत फेला

एमबिबिएस अध्ययनरत शिशिर खनाल जंगलमा ...
हेमराज परिवर्तन,
घोराही,१ भदौ ।
दाङको लमही नगरपालिका १ नर्ति घर भएका ७१ वर्षिय बलि भद्र खनाल मृत भेटिएका छन । साउन ३१ गते शनिबारका दिन करिव बेलुका पाँच बजेतिर राप्ती गाउँपालिका पाँच सिंगे स्थित आफन्तकोमा जान्छु भनी घरबाट हिडेको परिवारले वताएको छ । (भोलिपल्ट)आईबार बिहान सम्म पनि आफन्तको घरमा नपुगेपछि खोजी गर्दै जादा खनाल नजिकै रहेको नेत्रलाल पार्कको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जाकारी दिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

त्यसैगरी गढवामा खोलामा कपडा धुन गएको अवस्थामा एक व्यक्तिको डुबेर ज्यान गएको छ । । हिजो आईतबार करिव चार बजेको समयमा गढवा गाउँपालिका १ रंसिङखोलामा डुवेर करिव ३०/३२ वर्षका वेगम कामीको मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको ईलका प्रहरी कार्यालय गढवाले जनाएको छ ।


SHARE THIS