नेकपाले बोलायो सचिवालय बैठक

नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं,साउन ३२ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे नौ बजे बैठक आह्वान भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । “भोलि बिहान साढे नौ बजेलाई बैठक आह्वान भएको छ,” नेता खनालले बाह्रखरीसँग भने ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद भएको थियो । सचिवालय बैठक राखेर कार्यदललाई औपचारिकता र कार्यदेश दिन लागिएको खनालको भनाइ  छ । शनिबार वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए । नेताहरूको माग मुताबिक नै सचिवालय बैठक बस्न लागेको हो ।

SHARE THIS