यस वर्षको तिजमा शिव पार्वती तथा राधा कृष्ण मन्दिर बन्द

No description available.
कमल ओली
घोराही,भदै २ ।  घोराही १७ गुलरियामा रहेको शिव पार्वती तथा राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले यस वर्षको हरितालिका तिज तथा ऋषी पञ्चमीका दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

हिन्दु नारीहरुको महानचाड हरितालिका जित तथा ऋषी पञ्चमीको अवसरमा हरेक वर्ष लाग्दै आईरहेको नाचगान तथा पुजापाठ यो वर्ष वन्दहुने भएको हो । कोभिड १९ महामारी व्यापक रुपमा फैलिएका कारण एवम स्वस्थ्य सुरक्षाका दृष्टिले  बन्दगर्नु परेको सल्लाहकार हरि प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । आगामी वर्ष सहज प्रस्थिती भएमा गत वर्षझै परम्परालाई निरन्तर्ता दिईने समेत पाण्डेले जानकारी दिनुभयो ।


SHARE THIS