भक्तपुरको थिमिमा आइतबारदेखि १० दिनसम्म व्यवसाय र सार्वजनिक सवारी चलाउन नपाइने

मध्यपुर थिमिमा सार्वजनिक यातायात ...
भक्तपुर‍, साउन ३१ । मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र आइतबारदेखि १० दिनसम्म सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्‍चालन गर्न नदिइने भएको छ ।

कोभिड १९ को जोखिम न्यूनिकरणका लागि भन्दै नगरपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै नगर क्षेत्र भित्रका सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्‍चालन साउन ३२ देखि भदौ ९ गतेसम्म निषेध गर्ने जानकारी गराएको हो । नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण व्यवसायहरु बन्द गर्ने तर खाद्यान्न, पानी, ग्यास र औषधि पसल भने बिहान ११ देखि दिउँसो १ बजेसम्म खोल्न पाइनेछ ।

यस्तै नगर भित्र सार्वजनिक यातायात सञ्‍चालनमा रोक लगाउँदै अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मको हकमा सार्वजनिक यातायात रोक, यात्रु चढाउन, ओराल्न नपाइने गरी आवागमन दिने नगरपालिकाले जनाएको छ ।



SHARE THIS