दाङमा १३ गतेदेखि लकडाउन गर्ने


दाङमा भोलिदेखि मदिरा बिक्रीवितरण गर्न नपाइने – Online Khabar
दाङ,भदौ ११ । दाङमा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गतेदेखि लकडाउन गर्ने भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबारदेखि लकडाउन गर्ने तयारी गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

‘पर्सि शनिबारदेखि लकडाउन गर्ने विषयमा भोलि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ, प्रजिअ रिजालले भन्नुभयो –‘संक्रमणदर बढ्दै गएको अवस्थामा लकडाउनबाहेक विकल्प रहेन । सार्वजनिक स्थानमा भिडभाड बढ्दै गएको हुँदा संक्रमण रोकथामाका लागि जिल्लामा अत्यावश्यक बाहेक अन्य सबै बन्द गरिने उहाँले बताउनुभयो ।

SHARE THIS