किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु

ललितपुरका कोरोना संक्रमितको शव ...

काठमाडौं, साउन २६ । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ ।

काभ्रे पाँचखालकी एक महिला निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन् । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

आईसीयूमा उपचाररत हुँदा सोमबार उनको मृत्यु भएको पाठकले जानकारी दिए ।

SHARE THIS