प्रदेश सरकारलाई प्रदेश सांसदकै सुझाब

५ नं. प्रदेश सांसद इन्द्रजित थारूले दिए प्रदेश सरकारलाई ७ बुदे सुझाब
No description available.
सन्तोषकुमार गुप्ता, 
दाङ, भदौ १६ । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सांसद इन्द्रजित थारूले आफ्नै प्रदेश सरकारलाई सुझाब दिएका छन् । दाङ निवार्चन क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष निवार्चित सांसद थारूले कोभिड रोकथामका लागि प्रदेश सरकारबाट ठोस कदम नचालिएको भन्दै आफ्नै प्रदेश सरकारलाई सात बुँदे सुझाब दिएका हुन् ।

सोमबार दिउँसो करिब १ बजे आफ्नो फेसबुकमा स्टाटस लेख्दै सांसद थारूले ूप्रदेश सरकारलाई मेरो सुझाबू भन्दै ७ बुँदे सुझाब दिएका हुन् । सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रदेशसभा सदस्य सांसद थारूले फेसबुक स्टाटस मार्फत कोभिड नेगेटिभ रिपोर्ट लिखित दिने ब्यवस्था अबिलम्व सुचारू गर्न । कोरोना नेगेटिभ भएका तर अन्य रोगको कारण बिरामी भएकाहरुलाई कोरोना नेगेटिभको लिखित रिपोर्ट  बिना हस्पिटलहरुले भर्ना लिन नमानेर उपचार नपाएर मर्ने स्थिती आउन नदिन सुझाब दिएका छन् ।

त्यस्तै सांसद थारूले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना नेगेटिभको लिखित रिपोर्ट टाईप गर्ने मान्छे नभएर दिन सकिरहेको छैन । यसको ब्यवस्था गरिनुपर्ने, दाङको बेलझुण्डी कोरोना बिशेष अस्पतालको ब्वस्थापकीय पाटो अस्तब्यस्त भएको भन्दै त्यहाँ उपचार नभई थप बिरामी गराउने खालको बाताबरण रहेकोले हालको मेसुको क्षमताले हेरबिचार नपुगि राखकोले त्यस कोरोना बिशेष अस्पतालको लागि अलग मेसुको ब्यवस्था गर्न सुझाब दिएका छन् ।

त्यस्तै कम्तीमा मौरीघाटको आइसुलेसन सेन्टर जत्तिको ब्यवस्थित चल्न सक्नुपर्ने उदाहरण दिंदै सांसद थारूले सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठान, जिल्ला जनस्वास्थ्य कार्यालय दाङ र राप्ती प्रादेशिक अस्पताललाई जनता प्रति उत्तरदायी हुनेगरी ब्यवस्थित परिचालन गर्न तथा  हस्पिटलमा बिरामी भर्ना गर्न मिल्ने गरी तत्काल व्यवस्था गर्न सांसद चौधरीले दिएको सुझाबमा उल्लेख छ ।

त्यस्तै कोरोना माहामारी संग सम्बन्धित काममा हामी जनप्रतिनिधीहरुलाई कार्यकारी जिम्मेवारी सहित फिल्डमा खटाइनुपर्ने, हामी संग पनि क्षमता छ, समाधानको ठोस जिम्मेवारी दिइनुपर्ने र दाङको हकमा यो अस्तब्यस्त भएकोले तत्काल सुधार गर्न प्रदेश सरकारले ठोस योजना ल्याउन माग गर्नुका साथै सुझाब दिएका हुन् ।

प्रदेश सांसद इन्द्रजित थारूले प्रदेश सरकारलाई दिएको सुझाब जस्ताको त्यस्तै ।।।
प्रदेश सरकारलाई मेरो सुझाब ।
१. कोभिड १९ नेगेटिभ रिपोर्ट लिखित दिने ब्यवस्था अबिलम्व सुचारू गरियोस । कोरोना नेगेटिभ भएका तर अन्य रोगको कारण बिरामी भएकाहरुलाई कोरोना नेगेटिभको लिखित रिपोर्ट  बिना हस्पिटलहरुले भर्ना लिन नमानेर उपचार नपाएर मर्ने स्थिती छ ।
२. घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना नेगेटिभको लिखित रिपोर्ट टाईप गर्ने मान्छे नभएर दिन सकिरहेको छैन । यसको ब्यवस्था गरियोस ।
३. बेलझुण्डी कोरोना बिशेष अस्पतालको ब्वस्थापकीय पाटो अस्तब्यस्त छ । त्यहाँ उपचार होईन थप बिरामी गराउने खालको बाताबरण छ । हालको मेसुको क्षमताले हेर बिचार पुगिराखेको छैन । त्यस कोरोना बिशेष अस्पतालको लागि अलग मेसुको ब्यवस्था गरियोस । कम्तीमा मौरीघाटको आइसुलेसन सेन्टर जत्तिको ब्यवस्थित चल्न सकोस ।
४. सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठान, दाङको जिल्ला जनस्वास्थ्य र राप्ती प्रादेशिक अस्पताललाई जनताप्रति उत्तरदायी हुने गरी ब्यवस्थीत परिचालन गरियोस र  हस्पिटलमा बिरामी भर्नाहोस् ।
५. कोरोना माहामारी संग सम्बन्धित काममा हामी जनप्रतिनिधीहरु लाई कार्यकारी जिम्मेवारी सहित फिल्डमा खटाइयोस ।
६. हामी संग पनि क्षमता छ । समाधानको ठोस जिम्मेवारी दिइयोस ।
७. दाङको हकमा यो अस्तब्यस्त मन परिराखेको छैन । समाधान गरियोस ।
No description available.


SHARE THIS