भट्टलाई तत्काल काम गर्न नदिनु उच्च अदालत पाटन


काठमाडौँ, साउन २७ । उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त सुशील भट्टलाई आगामी आइतबारसम्मका लागि काममा नलगाउनु भनी सरकारका नाममा आदेश जारी गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाइ त्यत्तिञ्जेल भट्टको नियुक्तिको निर्णय यथास्थितिमा राख्नु भनी आदेश गरेको हो ।

SHARE THIS