तुलसीपुरमा गत आर्थिक वर्षको समिक्षा


तुलसीपुर,साउन २७ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक समिक्षा गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडा र ३१ वटा शाखाले एक वर्षभरीमा गरेका कार्यक्रमको समिक्षा गरेका हुन् ।
 समिक्षाका क्रममा कोरोना महामारीका कारण केही योजनाहरुको रकमान्तरण गर्नुपर्ने अवस्था सृजना भएता पनि सन्तोषजनक रुपमा सबै योजना सम्पन्न भएको वताइएको थियो । योजना सम्पन्न गर्दा आउने कठिनाइका साथै त्यसको समाधानका विषयमा पनि समिक्षा बैठकमा छलफल गरिएको हो ।
     वडागत तहमा अधिकृत छैटौ सहित लेखा अधिकृतको समेत व्यवस्था गरिएका कारण धेरैजसो काम वडाबाटै हुने भएकाले सेवालाई थप प्रभावकारी वनाउने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो । योजना सञ्चालनका लागि कतिपय स्थानमा उपभोक्ता समितिले ठेक्का समेत दिने गरेकाले आशातित काम समेत हुन नसेकको वाध्यता व्यक्त गरिएको थियो । “पारदर्शी तरिकाले उपभोक्ता समितिको काम पनि हेर्नुपर्नेछ ” वडा सचिवहरुले गुनासो गरे ।
योजना सम्पन्न गर्नुभन्दा अगाडी उपभोक्ता समितिलाई अनिवार्य रुपमा तालिमको व्यवस्था गरिनुपर्ने आवश्यकता रहेको समेत वताइएको थियो । वडामा सबै अधिकार प्रत्यायोजन गरिएकोले कर्मचारीहरुले विशेष ध्यान दिएर काम गर्नुपर्नेमा नगरप्रमुख घनश्याम पाण्डेले निर्देशन दिएका थिए । उनले व्यक्तिगत फाइदाका लागि भन्दा पनि करिअरका लागि काम गर्न अनुरोध गरेका थिए । “हामीले जनतालाई सन्तुष्ट वनाएर पठाउनुपर्दछ, जनताको खुसी नै हाम्रो व्यवसायिक धर्म हो” नगरप्रमुख पाण्डेले भने ।
    यसैविच शाखाहरुको समिक्षा कार्यक्रममा पनि विभिन्न शाखाहरुले प्रगति विवरण पेश गरेका थिए । वर्षदिन भरिमा गरेको कामहरुको विवरण राख्दै शाखा प्रमुखहरुले आगामी दिनमा थप जिम्मेवार भएर जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । स्थानीय सरकार भएका कारणले गर्दा विभिन्न ऐन र कानुन बनाएर अगाडी वढ्नुपर्ने वताए । कार्यक्रमको सहजिकरण वैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलले गरेका हुन् ।


SHARE THIS