क्याम्पसमा आंशिक प्राध्यापक संघले लगाएको ताला फोडियो

No description available.
कमल ओली
घोराही, साउन २६ । आंशिक प्राध्यापक संघले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा लगाएको ताला प्रहरीले तोडेको छ ।

लामो समयदेखि आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरुले आज पनी  समान कामको समान ज्याला, कोरोना होईन भोकले मरिन्छ, १४ वर्षसम्म त्रि वि लाई गरेको योगदान कमन्डलु उपहार, अन्तराष्टिय श्रम कानुन लागु गर, वौद्धिक शोषण अन्त्य गर जस्ता नारा लगाउदै प्रशासनिक भवनमा ताला लगाएका थिए । आइतवार आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल र नेम प्लेट जलाउनुका साथै विद्युतीय हाजीरी मेशिन फूटाएका थिए ।
No description available.
तर आईतबार क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला भने अझै खुलेको छैन ।
सोमवार पनि कुनै अप्रिय घटना नहोस् भनेर सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले आन्दोलनरत आंशिक प्राध्यापकमाथि बल प्रयोग गर्ने तयारी गरे पनि क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालय स्वायत्त निकाय भएकाले क्याम्पसमा आउने समस्या त्रिविले नै समाधान गर्ने बताएपछि प्रहरी फर्केका थिए ।

क्याम्पसभित्र प्रहरी प्रवेश गरेको भन्दै आंशिक प्राध्यापकहरुले भने बिरोध गरेका छन् ।
No description available.

SHARE THIS