उद्देश्य एउटै रहेका सहकारी मर्ज गरौँ: सांसद चौधरी


दाङ, भदौ १४। प्रदेशसभा सदस्य धमकली चौधरीले एउटै उद्देश्य रहेका सहकारीहरुको मर्ज गर्नुपर्ने बताउनुभएको छ । शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुरमा रहेको दीप कृषि सहकारी संस्थाको ११औँ बार्षिक साधारणसभाको उद्घाटन गर्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो । कृषि, ऋण तथा बचत सहकारी सस्थाहरु ग्रामीण क्षेत्रमा समेत निकै धेरै रहेको भन्दै प्रदेशसभा सांसद चौधरीले धेरै सहकारी भएर लक्ष्य पूरा नहुने भन्दै एकजुट भएर काम गर्दा सबैलाई फाइदा हुने भएकाले मर्ज गर्नुपर्ने चौधरीले जोड दिनुभएको थियो ।

यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीले छरिएर रहेको पुजीलाई संकलन गरेर कृषिमा आधुनिकीकरण गर्ने कार्यमा लगाउनुपर्ने बताएका थिए । कृषि सहकारीले कृषिमा लगानी बढाइरहेको भन्दै उनीहरुले अब कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्ने कार्यमा सहकार्य गर्नुपर्ने बताउनुभएको थियो ।

सहकारी सस्थाका अध्यक्ष नेवबहादुर रोका मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नम्बर २ का कार्यबहाक अध्यक्ष रत्नबहादुर बिष्ट, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य खर्कबहादुर सुनार, रेडियो हापुरेका स्टेसनम्यानेजर प्रेमबहादुर राम्जा, बाघमारे बिष्णुपुर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मानबहादुर वली, बाघमारे सहकारी सस्थाका उपाध्यक्ष लक्ष्मण खत्री, समाज सुधार महिला सहकारी सस्थाका अध्यक्ष ईन्द्रा लुंगेली, बिष्णुपुर सहकारी सस्थाका अध्यक्ष बिरबहादुर बिष्टले बोल्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष नेवबहादुर रोकाले प्रगति बिबरण प्रस्तुत गर्नुभएको थियो । सस्थाका उपाध्यक्ष चित्रबहादुर जिसीको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको सहजीकरण सचिब मानबहादुर खड्काले गर्नुभएको थियो ।

SHARE THIS