आठ वर्षीया छोरीलाई बलात्कार गरी फरार रहेका बाबु पक्राउ

३३ लाख बराबरको मोबाइल फोन र ब्याट्रीसहित दुई भारतीय पक्राउ
सल्यान, भदौ ११ । सल्यानमा आठ वर्षीया छोरीलाई बलात्कार गरी फरार रहेका बाबुलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको शारदा नगरपालिकाका ३६ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

छोरीलाई पैसा दिई पटक पटक बलात्कार गर्दै आइरहेको भन्दै पीडित पक्षले भदौ ८ गते जाहेरी दिएपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जबरजस्ती करणी गरी फरार रहेका बाबुलाई गाउँघरमै लुकिछिपी बसी रहेको अवस्थामा मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो।

पक्राउ परेका निज बाबुलाई अदालतबाट म्याद थप गरी हिरासतमा राख थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। बन्दाबन्दीकैबीचमा सल्यानमा १५ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना घटी सकेका छन्।

SHARE THIS