सल्यानका ६ जनामा कोरोना संक्रमण पुष्टि

सल्यानका थप १० जनामा कोरोना संक्रमण ...

दाङ, भदौ ६ । शनिवार सल्यानका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सल्यानका १६० जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ६ जनाको रिपोट पोजेटिभ आएको छ ।

प्रतिष्ठानका अनुसार बागचौर नगरपालिका वडा नम्वर २ का क्रमश १२, २६, ३५, ४२, ६० वर्षका पाँच जना मध्ये एक जना महिला र चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सिद्धकुमाख गाउँपालिका १ का ३४ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमै संकलन गरिएको ४ जनाको नमुना स्वाव परिक्षण गर्दा उनीहरु सवैको रिपोट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

SHARE THIS