पर्सामा कोरोना संक्रमित वृद्धाको मृत्यु

कोरोना संक्रमित थप पाँच जनाको ...
वीरगञ्ज, भदौ ८ । वीरगञ्जमा एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि भएकी पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको आइतबार विहान ११ः४० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

क्षयरोग भएकी वृद्धाको स्वास प्रश्वासमा समस्या आएपछि भदौ ६ गते शनिबार परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए । शनिबार नै स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड अस्पतालमा आईसीयु बेड खाली नभएका कारण उनलाई नारायणी अस्पतालकै आईसीयूमा राखेर उपचार गरिएको थियो ।

यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । तीमध्ये २९ जना पर्साका, ५ जना बाराका र २ जना रौतहटका छन् ।


SHARE THIS