कोरोना रोकथामका लागि कार्यदल गठन


Campus Closings, Visitor Bans, Event Cancellations & Court Delays ...
हापुरे, साउन ३२ 
कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि बबई गाउँपालिका ७ मा कार्यदल गठन गरिएको छ । वडा कार्यालयको आयोजनामा भएको सर्बदलीय, सर्बपक्षीय बैठकले कार्यदल गठन गरेको हो ।
वडाध्यक्ष महाबीर चौधरीको संयोजकत्वमा १३ सदस्यीय कार्य दल गठन गरेको हो । समितिको सदस्यहरुमा वडा सदस्यहरु रुपा राना, लालबहादुर बिक, देबीकुमार बिक, जिल्ला समन्वय समितिका सदस्य जगतबहादुर बस्नेत रहनुभएको छ ।
यस्तै राजनीतिक दलका तर्फबाट कृष्णप्रसाद चौधरी, अमरबहादुर भण्डारी, बेगमान डाँगी, समाजसेबी कुलबहादुर घर्ती, तिलकराम भण्डारी, प्रेम वली र प्रेमबहादुर राम्जा सदस्य रहनुभएको छ । वडा सचिब मानबहादुर बस्नेतलाई सदस्य सचिब तोकीएको छ ।
यस्तै बैठकले वडास्तरमा नाँचगान, भजनकिर्तन, खेलकुद प्रतियोगीता आयोजना नगर्न पनि आग्रह गरेको छ । यस्तै एक स्थानमा पाँच जनाभन्दा बढी भेला नहुन र मास्कको प्रयोग अनिबार्य रुपमा प्रयोग गर्न निर्देशन दिएको छ ।
वडाध्यक्ष महाबीर चौधरीको अध्यक्षतामा बसेको बैठकले कार्यदल मार्फत् वडास्तरमा कोरोना भाइरस रोकथाम, नियन्त्रण, निगरानी, प्रचार, समन्वय तथा अन्य कार्यलाई रोक्नका लागि समन्वयात्मक कार्य गर्ने निर्णय गरेको छ । यस्तै साउन ३० गतेको जिल्ला प्रशानसन कार्यालयको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने भन्दै वडामा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म हिडडुलमा कडाई गर्ने निर्णय गरेको छ ।।


SHARE THIS