पश्चिम दाङमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाईते

मोटरसाइकलले ठक्कर दिँदा दार्चुलामा ...
दाङ, साउन २८। मोटरसाइकले ठक्कर दिदा पश्चिम दाङमा ३ बर्षकी बालिका गम्भिर घाईते भएकी छन् ।

हापुरेबाट रामपुर जाँदै गरेको बा८१प ५९६६ नम्बरको मोटरसाईकलले बबई गाउँपालिका–३ पतेरी निबासी देवराज वलीकी ३ बर्षकी छोरी भिक्टोरीया वली घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बालिकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि भैरवा रिफर गरिएको छ ।

SHARE THIS