घोराहीको बैंकका कर्मचारीमा कोेरोना पुष्टि भएपछि समुदायस्तरमा फैलिएको संकेत

चितवनका १६ सहित थप २१ जनामा कोरोना ...
दाङ, भदौ १ दाङको घोराहीमा रहेको कर्णाली विकास विकास बैंकका एक कर्मचारीमा कोेरोना पुष्टि भएपछि कोरोना समुदायस्तरमा फैलिएको देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षण ति कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित बिरामीलाई उपचारका लागि बुटवल पठाइएको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुद्ध हस्पिटलमा गएका कर्मचारीलाई कोरोनाको आशंकामा प्रतिष्ठानमा रिफर गरिएको हो । प्रतिष्ठानमा रिफर गरिएका उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटीभ देखिएको हो ।

घोराही–१५ ठेगाना भएका ति पुरुषमा लक्षण सहितको कोरोना देखिएको हो । घोराही–१३ का एक पुरुषमा पनि लक्षणसहित कोरोना देखिएको छ । उनको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ ।

SHARE THIS