आज ३२ गते राती १२ बजेसम्म जारी गरिएको निषेधाज्ञाको समयअवधि थप


कोरोनाको जोखिम बढेपछि बाँकेमा ...
कपिलवस्तु, साउन ३२ । कपिलवस्तु जिल्लामा जारी निषेधाज्ञाको समय थप गरिएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि जिल्लामा साउन २७ गतेबाट आज ३२ गते राती १२ बजेसम्म जारी गरिएको निषेधाज्ञाको समयअवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आज राती १२ बजेबाट लागुहुने गरी भदौ ७ गते १२ बजेसम्म निषेधाज्ञाको समय थपिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । कपिलवस्तुमा अझै पनि कोरोनाको जोखिम उच्च भएको विश्लेष गर्दै निषेधाज्ञाको समय थपिएको उहाँको भनाई छ ।

निषेधाज्ञाको समयमा अत्याबश्यकका सवारी साधन चलाउन रोक लगाइएको छ । त्यस्तै बैंक, वित्तिय संस्थाहरु, होटेल रेष्टुरेन्टहरु पनि पूर्णरुपमा बन्द हुने भएको छ । तरकारी किन्नका लागि भने विहान ८ बजेदेखि १० बजेको समयमा छुट गरिएको छ ।

SHARE THIS