कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरीको मृत्यु

पश्चिम-नवपरासी, भदौ २ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको मृत्यु भएको छ । उहाँको आज विहान ३८ वर्षको उमेरमा ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।
पार्टी समायोजनको क्रममा उहाँ असार २९ गतेबाट पश्चिम नवलपरासी जिल्लाको कांग्रेस उपसभापति हुनुभएको थियो ।

SHARE THIS