पर्सामा सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बारा, पर्सा र रौतहटका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि – प्राइम टाइम्स टेलिभिजन
वीरगञ्ज, भदौ ११ । पर्सा, बारा र रौतहटमा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालमा ५ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमितमध्ये २१ जना पर्साका छन् । जसमा दुई जना सशस्त्र प्रहरी जवान र दुई जना स्वास्थ्यकर्मी र एक जना उनीहरुको परिवारका सदस्य पनि संक्रमित भएका छन् ।

कोभिड महामारीमा खटिएका जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर, उनको श्रीमती एवं नारायणी अस्पतालमा कार्यरत नर्स र छोरामा कोरोना संक्रमण देखिएको हो । यसअघि संक्रमणमुक्त भइसकेकी उनलाई पुनः संक्रमण पुष्टि भएको छ ।

बाराका ५ जना संक्रमित छन्, रौतहट गौरका तीन जना कैदीबन्दी र जीतपुर ब्यारेकका एक जना नेपाली सेनाको पीसीआर परीक्षण पोजेटिभ आएको छ ।

SHARE THIS