तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते

Two die in Banke car accident - Khabarhub Khabarhub
तुलसीपुर, साउन २२ । तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर ७ राजापुर बस्ने ३४ बर्षिय सुरेश सुनार रहेको प्रहरीले बताएको छ ।

तुलसीपुरबाट पश्चिम तर्फ जादै गरेको भे ३ प ४५८९ नम्वरको मोटरसाईकल तुलसीपुर ८ कृष्णमन्दिर नजिकै बिहिबार साढे ६ बजे अनियन्त्रित भई दुर्घटना हुँदा उनी घाईते भएको प्रहरीले बताएको छ ।

उनको अनुहार र दाहिने खुट्टामा चोट लागेको छ । उनको राप्ती लाईफ केयर हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

SHARE THIS