दैनिक संक्रमित संख्यामा भारतले संसारका सबै मुलुकलाई उछिन्यो

भारत बन्‍यो विश्वमा सर्वाधिक संक्रमित भएको चौथो मुलुक

नयाँ दिल्ली, भदौ १४ । भारतले कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको छ ।

एकै दिन ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उसले नयाँ विश्व रेकर्ड कायम गरेको हो ।

कोरोना महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकै दिन यति धेरै संख्यामा संक्रमित फेला परेको यो पहिलोपटक हो ।

भारतले जुलाई १७ मा अमेरिकामा एकै दिन फेला परेका ७७ हजार २ सय ९९ संक्रमित संख्यालाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ ।

पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन् । 

SHARE THIS