पर्सामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

कोरोना भाइरस : वीरगञ्जमा दुई र ...
वीरगन्ज, साउन २६ । नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वीरगन्ज महानगरपालिका– १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती महिलाको शनिबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए ।

शनिबार स्वास्थ्यप्रश्वासमा समस्या देखिपछि परिवारले ती महिलालाई इण्डो नेपाल अस्पतालमा भर्ना गरेका थिए । स्वास्थ्यमा सुधार नआएपछि शनिबार नै कोरोना अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार ती महिला हाइपरटेन्सन र हाइपर थाइराइडको रोगी थिइन् । साउनयता पर्सामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


SHARE THIS