पत्रकार जिएमद्वारा खेलाडिलाई फुटवलसहित मास्क सहयोग


दाङ, भदौ १० । पत्रकार तथा राजमार्ग अनलाइनका सम्पादक दिपक जिएमले कोभिडकाबीचमा मास्क वितरणलाई निरन्तरता दिनुभएको छ । केही दिन अघि घोराही उपमहानगरपालिकाको वडा नम्बर १३ को मौलाकोट र १८ को घरदौराको गाउँमा पुगी स्थानीय नागरिकलाई मास्क सहयोग गर्नुभएका पत्रकार जिएमले आज खेलाडीलाई मास्क सहयोग गर्नुभएको छ ।

घोराहीको वडा नम्बर १५ मा रहेको एक युथ क्लवका फुटवल खेलाडिलाई कोरोनाबाट सचेत हुन आग्रह गर्दै उहाँले मास्काका साथ एक थान फुटवल समेत सहयोग गर्नुभएको छ । खेलाडीलाई खेलमैदान मै पुगी जिएमले क्लवका अध्यक्ष श्यामलाल सिंहलाई उक्त सामाग्री सहयोग गर्नुभएको हो ।

खेलाडिलाई उक्त समाग्री सहयोग गरेकोमा क्लवका उपाध्यक्ष माधव खनालले धन्यवाद दिनुभएको थियो । साथै उहाँले आफुहरु कोरोना संक्रमणबाट जोगिदै थोरै संख्यामा खेलको अभ्यास गरेको बताउनुभएको थियो । पत्रकार जिएमले आफ्नो जन्मत्सव लगायत विभिन्न समयमा सहयोग गर्दै आउनुभएको छ ।

SHARE THIS