गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

पाल्पा पहिरो अपडेट: ४ ओटा गाडी भटिए ...
गुल्मी,साउन २३ । गुल्मीमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्रीको मृत्यु भएको पूर्तिघाट प्रहरी चौकीले जनाएको छ ।
पूर्तिघाटबाट समान लिएर घर फर्किने क्रममा झिसिङ्ग खोलामा पहिरोमा परेर बेपत्ता भएका थिए । स्थानीले खोज्ने क्रममा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय रिडीमा ल्याइएको प्रहरीले जनाएको छ ।

SHARE THIS