क्यान्सर पीडित श्रीमतिको ज्यान बचाउन सहयोगको अपिल


दाङ,भदौ ११ । ‘क्यान्सर पीडित जो पैसाको अभावमा छटपटाउन विवश छन् ।’ यस्तो समाचार सुन्दा जो कोहोलाई पनि न्यस्रोपना हुन्छ । यस किसिमको समस्याबाट एक जना मात्र होइन, कयौँ समस्या छन् । कतिको समस्या बाहिर आउँछन् । कतिको आउन पाउदैनन् । त्यसै पीडादायी भएर हराउन विवश हुन्छ ।
यस्तै समस्या आजको समयमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लोहासुरका एक परिवारमा पनि परेको छ । दुई छोरीसहित ४ जनाको परिवार, कमाउने कोही छैन । त्यसैमा अहिले श्रीमतिको पाठेघर क्यान्सर भएपछि खोपिराम केसी समस्यामा पर्नु भएको छ । श्रीमति सरिता श्रेष्ठ ९केसी०मा पहिलेदेखि नै समस्या देखिएपनि असारमा मात्र क्यान्सर पत्ता लागेकोमा अहिलेसम्म उपचारका क्रममा ५ लाख भन्दा बढी सकिएको छ । क्यान्सर ग्रस्त सरिता श्रेष्ठको अहिले चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातलमा उपचार भईरहेको छ ।

अब क्यान्सरको अप्रेसन गर्नु पर्ने समय भएको अस्पताले भनेको छ तर पैसाको अभावमा खोपिरामलाई पीडामाथि थप पीडा थपिएको छ । भन्नुहुन्छ —‘यही भदौको २४ गते अस्पतालमा अप्रेसन हुने भनिएको छ, तर पैसाको अभावमा रोकिने होकि भन्ने पिरले सताउन थालेको छ ।’ उहाँले आफ्नो श्रीमतिको ज्यान बचाउन सहयोगको अपिल समेत गर्नुभएको छ ।

उनले भने — ‘सुन्छु अप्रेसन गर्दा १५÷२० लाख लाग्छ रे, अस्पतालले केही पनि भनेको छैन कति लाग्ने हो, अप्रेसन गर्ने मिति नजिकीदै छ, पैसा जम्मा गर्न सकिएको छैन, कही कतैबाट सहयोग हुन्छ कि भन्ने आश लिएर हजुर सामु अनुरोध गरेको हुँ ।’ यस्तै छोरी रस्ना केसीले पनि आफ्नो आमाको ज्यान बचाइदिन अपिल गरेकी छिन् । आफुसँग भएको सम्पति पनि बेचेर उपचार गर्दा सकिएको भन्दै अब थप उपचार गर्न आफुहरुलाई समस्या परेको उनले बताईन् ।

उनले सहयोगी मनहरुलाई आफ्नो ग्लोवल आईएमई बैंकको खाता नम्बर ४१०७०१००१२५४ मा सहयोग गर्न सक्ने बताईन् । अथवा सिधा सम्पर्क गरेर पनि सहयोग गर्न सक्ने जनाईन् । उनले थप जानकारीका लागि ९८६७३४८०७३ मोबाइल नम्बरमा सम्पर्क गर्न पनि अपिल गरेकी छिन् ।

SHARE THIS