कोरोना भाइरस: आज ९२७ जनामा सङ्क्रमण पुष्टि, १६९ जना डिस्चार्ज, १२ जनाको मृत्यु

Plasma Therapy or AntiVirals: Possible Treatment to COVID-19 Pandemic?
काठमाडौं, भदौ १२ । नेपालमा वितेको २४ घण्टामा ९२७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाकटर जागेश्वर गौतमका अनुसार १० हजार दुई सय २९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ९२७ जनामा सङ्क्रमण देखिएको हो । यसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ३४५ पुगेको छ । अब नेपालमा १६ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै आठ हजार नौ सय ३९ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ४ जना महिलासहित १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु ४५ वर्ष माथिका रहेका छन् । जसमा मृत्यु हुने महिलाहरुमा मोरङकी ५६ र ६५ वर्षीया महिला, भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया महिला रहेका छन् । त्यसैगरी मृत्यु हुने पुरुषहरुमा उदयरपुरका ५२, पर्साका ७२, धनुषाका ४५, सिराहाका छछ, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षका पुरुष रहेका छन् । यससँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या एक सय ९५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

SHARE THIS