बिराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमणबाट २४ घण्टामा ११ ...
हरि अधिकारी
बिराटनगर, भदौ १० । कोरोना संक्रमणबाट बिराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए ।

संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर–१५ मिल्स एरिया घर भएकी महिला बिराटनगर–११ मा बस्दै आएकी थिइन् । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।

महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म बिराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् ।

गएराति नै ललितपुरको पाटन अस्पतालमा र बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

SHARE THIS